
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य ५ अध्यादेश संसदमा पेश हुने भएको छ । सत्ता गठबन्धनकै दलहरुबीच सहमति जुट्न नसकेको भूमिसम्बन्धी अध्यादेश पेश गर्ने बारेमा भने अझै अन्योलता कायमै छ ।
सरकारलाई समर्थन गरेको जसपा नेपालले अन्य अध्यादेशमा सहमति जनाए पनि भूमिसम्बन्धी अध्यादेशमा भने असहमति जारी राखेको छ ।
भूमिसम्बन्धीबाहेकका पाँच अध्यादेश बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले पेश गर्ने तयारी गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्ता गठबन्धनमा अन्य अध्यादेश संसदमा पेश गर्ने विषयमा सबै सहमत रहेको र भूमिसम्बन्धी अध्यादेबारे सहमति जुटाउने प्रयत्न भइरहेको बर्तौलाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij