Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन

  • काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिकआज बिहान फुटेको मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न दिल्लीबाट मन्त्रीको निर्देशन

    AGNI GROUP

    मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् । ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुरु गर्न निर्देशन दिइसकेको छु ।’

    यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौं’, उनले भने ।

    मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट