Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाविरुद्ध प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
गौतककुमार झाले विश्वविद्यालयले वस्तु तथा सेवाहरुको खरिदमा अनियमितता गरेको भन्दै मङ्गलबार समितिमा उजुरी दिएका हुन् ।
थापाले आफ्ना भाइ सुदीप थापा, बुहारी भावना केसी र परिवारका अन्य सदस्यका नाममा दर्ता भएका एड प्याड, एएनएस इन्कपर्सेशन, स्तुती मार्टलगायतका करिब आधा दर्जन कम्पनीमार्फत विज्ञापन, प्रचारप्रसार, इभेन्ट म्यानेजमेन्ट, उपकरण देखि क्यान्टिनसम्मको सामान खरिदमा आर्थिक नियम पालना नगरेको उजुरीमा उल्लेख छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij