Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

चार वर्षदेखि अड्किएको संवैधानिक आयोग नियुक्ति विवादको सुनुवाइ आज

चार वर्षदेखि अड्किएको संवैधानिक आयोग नियुक्ति विवादको सुनुवाइ आज

  • काठमाडौं । संसदीय सुनुवाइ बेगर संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज (बुधबार) सुनुवाइ हुने भएको छ । चार वर्षअघि तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो ।

    images
    images
    images

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरू सम्मिलित संवैधानिक इजलासले नियुक्ति विवादमाथि सुनुवाइ गर्नेछ ।

    प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेर दुई पटक संसद् विघटन गर्दै संवैधानिक आयोगहरूमा ५३ जना पदाधिकारीलाई नियुक्त गरेका थिए ।

    नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गरेका थिए । नियुक्ति संविधानको मर्मविपरीत रहेको भन्दै त्यसविरुद्ध परेका १५ वटा रिट-निवेदनलाई एकैठाउँ राखेर सुनुवाइ हुने भएको हो ।

    सुनुवाइमा मुख्यतः संवैधानिक परिषद्को अध्यादेशमार्फत गरिएका नियुक्तिहरूको वैधानिकता, संसदीय सुनुवाइ बिना गरिएका पदाधिकारी नियुक्तिहरूमा केन्द्रित हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij