Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

गाउँपालिका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर

गाउँपालिका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर

  • काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुईजनालाई कसुरदार ठहराएको हो ।

    images
    images
    images

    कसुर ठहर हुने अर्का व्यक्ति गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी हुन्, जो २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । ती दुई भारतीय नागरिक हुन् । यस्तै, पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।

    अध्यक्ष गुप्तासहित धोबीलाई कसुर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । तर, अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत आधा सजाय पाउने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij