Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मुख्यमन्त्री सिंह र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री सिंह र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानी वृद्धि गर्न युरोपेली युनियन (इयु) तथा फिनल्यान्डका राजदूतलाई आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार इयुका राजदूत भेरोनिक लोरेञ्जो र फिनल्यान्डका राजदूत रिना–रिक्का हेइक्कासँग जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै मुख्यमन्त्री सिंहले सशक्तीकरण मार्फत शिक्षामा विपन्न, महिला, दलित तथा पिछडिएका समुदायको पहुँच सुनिश्चित गर्न, जीविकोपार्जन तथा समाज उन्नयनमा सघाउ पुग्ने गरी शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयका भौतिक संरचना एवम् पठन सामग्रीको पर्याप्त उपलब्धताका लागि काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका हुन् ।

    AGNI GROUP

    उनले गरीबी र समाजमा विद्यमान अन्धविश्वास तथा गलत धारणाका कारण बालिका शिक्षा प्रभावित हुँदै गएको भन्दै बालविवाहले समेत शिक्षामा महिलाको सहभागिता न्यून भएको औंल्याउँदै त्यसविरुद्धको सामाजिक अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा साझेदारीको अपेक्षा गरे । उनले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन तथा विद्यालय शिक्षाको गुणस्तर बढाउन पर्याप्त तथा दक्ष जननशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि समेत दात्री निकायले अग्रसरता लिनुपर्ने बताए ।

    मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि तथा प्रवद्र्धनात्मक एवम् प्रवद्र्धनात्मक कार्यक्रममा दात्री निकायको थप सहयोग आवश्यक रहेको उल्लेख गरे । भेटमा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट