Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने क्रममा बदमासी गरेको आरोप लागेका चार जना कर्मचारीलाई निलम्बन गरेको छ ।
नगरपालिकाकै कर्मचारीले बदमासी गरेको अडियो सार्वजनिक भएपछि हिजो बसेको कार्यपालिका बैठकले वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवम् नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरे र गाडी चालक कुशेश्वर गुरुङलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
मेयर वैकुण्ठ न्यौपानेले विज्ञप्ति निकालेर छानबिन प्रक्रिया अवधिभरका लागि निलम्बन गरेको जानकारी गराउनुभएको छ । वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत जिसीले ५० लाख रुपैयाँ घुस रकम पाएमात्रै काम पूरा गर्ने बताएको अडियो रेकर्ड फेला परेपछि सरसफाइ जग्गा व्यवस्थापन समितिले फागुन १७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij