Jun 08 2026 | २०८३, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत बीच एक विशेष भेटवार्ता सम्पन्न भएको छ। यो भेटवार्तापछि मेयर महर्जन अत्यन्तै उत्साहित देखिएका छन्। ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनको नेतृत्वमा नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच सिष्टाचार भेटवार्ता भएको हो ।
आगामी फागुन २४ गते देखि चैत्र १ गते सम्म महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जाने कार्यक्रम तय भएको छ ।
मेयर महर्जनले रुसी राजदूतसँगको भेट अत्यन्त फलदायी भएको भन्दै अनलाइन पत्रिकासँग आफ्नो खुसी व्यक्त गरेका छन्। उनले ललितपुर महानगरलाई अन्तर्राष्ट्रिय सहरहरूसँग जोड्ने प्रयासमा यो भेट महत्वपूर्ण कदम भएको बताएका छन्।
यस भेटवार्तापछि दुबै पक्षले आगामी दिनमा सहकार्यलाई अझ प्रभावकारी बनाउन थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुस र ललितपुर महानगरपालिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij