Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सिंहको गर्जन, 'निरो' बनेको सरकार !

सिंहको गर्जन, 'निरो' बनेको सरकार !

  • काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरु समस्याग्रस्त भएको बताएको छ । राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताए । 

    onlinepatrika
    Arghakhachi


    उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भएपनि सरकारले नदिएको बताए । उनले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गर्नुभयो । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए । उनले भने, ‘यो राष्ट्रिय भेला गर्नुको औचित्य हामीले लामो समयदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री, उपप्रधानमन्त्री एवं अर्थमन्त्री, विकासे मन्त्रालयका मन्त्री, मन्त्री, मुख्यसचिव र सचिवहरुलगायत सम्पूर्णलाई निर्माण उद्योगमा भएको सकसका विषयमा जानकारी गराउँदा गराउँदै सरकारले अहिलेसम्म यो काम गर्ने मुल समयमा पनि गत वर्षकै भुक्तानीमा पनि पूर्ण रुपमा भुक्तानी गर्न असक्षम भएको छ । 

    AGNI GROUP

    यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि गत वर्षको भुक्तानी हुँदै गर्दा समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको अवस्था छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनले म्याद थप लगायतका समस्याहरु सम्बोधन गर्दैगर्दा यो म्याद थप निर्माण उद्योगीको कारणले, कम्पनीको कारणले भन्दा पनि म्याद थप सार्वजनिक खरिदका नियुक्तीहरुले बजेट नभएको कारणले गर्दा, उहाँहरुले समयमा भेरिफिकेसन नगरेको कारणले गर्दा २ सय बढी काम समस्याग्रस्त भएको छ । 

    यो असारसम्म १५ सय वटा कामहरुको समस्यामा पर्छ ।’ अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निस्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताउनु भयो । उहाँले सिमेन्ट र डन्डी लगायतका निर्माण सामाग्रीहरुमा भएको कालोबजारीको कसरी बिरोध गर्ने भन्ने निष्कर्षका लागि पनि भेला बोलाइएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट