Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । घरेलु हिंसा, लैंगिक हिंसा तथा अन्य प्रकारका हिंसाबाट पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि ‘दिमा आमा घर’सञ्चालनमा आएको छ ।
हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो । जुम्ला लगायत कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणी, बहुविवाह लगायतका घटनाहरू व्यापक रूपमा देखिने गरेका छन् ।
यी घटनाबाट पीडित भएका महिलाहरूको लागि तत्काल सुरक्षित आश्रयको अभाव थियो । ‘दिमा आमा घर’ स्थापना भएसँगै यस्ता महिलाहरूलाई आउँदा दिनमा सुरक्षित बसोबास र पुनस्र्थापनाका लागि एउटा महत्वपूर्ण विकल्प हुने संस्थाकी अध्यक्ष दिलमाया शाहीले बताइन् । अध्यक्ष शाहिका अनुसार हिंसा पीडितहरुको महिला तथा बालिकाको लागी आर्थिक सहयोग, कानुनी परामर्श आत्मनिर्भर बनाउने छ ।
उनले भनिन्, ‘हरेक हिंसा पीडितको मुद्दामा राजनितिकरण भएकाले यो दिमा आमा घरले पिडित मैत्री हुने छ ।’ यो आमा घर सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो । ११५ आँै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्था उद्धघाटन गरिएको छ ।
अध्यक्ष शाहीले जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफूसँग जोडिएका सात जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शसक्तिकरणका लागि दिमा आमा घर स्थापना गरिएको बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गरिएको हो । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घरको रुपमा रहने बताए ।
उनले यस कार्यमा एक्लै नभई सबैको सहकार्य आवश्यक रहेको बताए । त्यस्तै सिँजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्ण प्रसाद धितालले दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीको सत्य तथ्य पत्रकारिताको कामले दिमा आमा घरको भविश्य राम्रो हुने बताए । यो अमाघरको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले हिंसाबाट महिला र बालबालिका आउने महिला तथा बालबालिकाहरुको लागि आमा घरको भूमिका महत्वपूर्ण रहने बताए । त्यस्तै तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवति रावलले समाजमा शोषित पिडितका र हिंसा पिडित महिलाका लागि गरिएको यो काम निकै राम्रो भएको बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij