Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मुगुमा पहिलो पटक सेयर बजारबारे साक्षात्कार 

मुगुमा पहिलो पटक सेयर बजारबारे साक्षात्कार 

  • काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय सेयर बजारमा प्रतिदिन आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सिर्जना भएपछि बोर्डले वित्तीय साक्षरता सञ्चालन गरेको हो ।

    AGNI GROUP

    पूँजी बजारलाई व्यवस्थित गर्न, साना तथा ठूला लगानीकर्ताको हक हित संरक्षण तथा पूँजी बजारको विकासमा टेवा पुर्याउने उद्देश्यले मुगुलगायत कर्णाली प्रदेशका  जिल्ला जिल्लामा पुगेर धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको छ ।

    कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले शैक्षिक रुपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तीय साक्षरता आवश्यक रहेको बताए । शेयर पूँजी कस्तो ठाँउमा लगाउने कसरी लगाउने यसका फाइदा र घाटा लक्ष्य, उद्देश्यलगायतका बिषयमा हिमाली जिल्ला तथा ग्रामीण भेगका लगानीकर्ता वित्तीय साक्षरताको पहुँचमा नरहेको उनले बताए ।

    सेयर आवेदन भर्नेदेखि खरिद विक्रीलगायतका पक्षमा उस्तै समस्या देखिएको हुँदा मुगु उद्योग बाणिज्य संघसंग सहकार्य गरेर जनचेतना जगाउने काम गरेको बताए । मुगुमा ठूला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिन साक्षरता आवश्यक छ’ उपकार्यकारी निर्देशक देवकोटाले भने ‘नेप्से परिसूचक, धितोपत्र बजार, लगानीकर्ताको सुरक्षा,वस्तु विनिमयलगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छौं ।

    ’पछिल्लो समयमा राम्ररी नबुझेर हचुवामा लगानी गर्ने प्रचलन बढेकाले धितोपत्र बोर्डले जिल्ला जिल्लामा पुगेर साक्षारताका कार्यक्रम गरिरहेको उल्लेख गरे । पूँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिवृद्धि हुनु पर्ने उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट