Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

‘पोखरा स्पोटर्स अवार्ड २०८१’ को मिति तय

‘पोखरा स्पोटर्स अवार्ड २०८१’ को मिति तय

  • काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड २०८१’ को मिति तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार पोखरा स्पोटर्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्च अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिए । मिति घोषणासँगै अवार्ड कार्यक्रमको तयारी शुरु भएको उनले बताए ।

    AGNI GROUP

    खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोटर्स अवार्ड गर्दै आइरहेको छ ।

    अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले जनाए ।

    बैठकले मञ्चको सल्लाहकार मनोनयन समेत गरेको छ । जसमा रामकृष्ण ज्ञावाली, दीननाथ बराल र सुरज श्रेष्ठ छन् । मञ्चको कानूनी सल्लाकारमा अधिवक्ता मनोज घर्ती मगरलाई मनोनित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट