Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चरेश बरामद

खाने तेलको ग्यालेनभित्र चरेश !

खाने तेलको ग्यालेनभित्र चरेश !

खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको

  • काठमाडौं । पर्सा सशस्त्र प्रहरीले पोखरिया नगरपालिकाको मननपुरबाट २४ केजी ५०० ग्राम लागूऔषध चरेश बरामद गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको हो ।

    AGNI GROUP

    खानेतेलको ग्यालेनभित्र चरेस भरेर बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा फेला परेको  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट प्लाष्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेश बरामद भएको हो ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार राती करिब ११ बजे लागूऔषध चरेश बरामद गरेको र बरामद गरिएको चरेशलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पर्सा सशस्त्र प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट