
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij