Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट फोन गरेको भन्दै व्यक्तिगत विवरण मागेर ठगी गर्नेहरू बढेकोले सतर्क रहन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विभिन्न सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब, टिकटक, ह्वाट्एप, इमो, भाइवर) मार्फत विभिन्न व्यक्ति वा समूहहरूबाट नेपाल बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटो, झुटा विवरणहरू, इमेल तथा लिंकहरू प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ ।
उनीहरूले कर्जा स्वीकृत पत्र, चिट्ठा, उपहार कार्यक्रम, अनलाइन तथा पार्ट–टाइम रोजगारीको अवसरहरू, बैंकले सामाजिक सञ्जालहरूमा गरेका पोष्ट वा जानकारीहरूमा कमेन्ट गरिएका ग्राहकको जिज्ञासाहरूमा अनधिकृत व्यक्ति वा संस्थाहरूबाट स्क्याम लिङ्कहरू पठाउने, व्यक्तिगत विवरणहरू माग्ने गरेको पाइएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij