Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

लाइसेन्स छपाइ

सवारी लाइसेन्स छपाइ बन्द

सवारी लाइसेन्स छपाइ बन्द

प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै लाइसेन्स छपाइ बन्द गरिएको हो ।

  • काठमाडौं । अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै लाइसेन्स छपाइ बन्द गरिएको हो ।

    images
    images
    images

    यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ ।

    अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।

    अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij