
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नेपाली विद्यार्थीलाई उच्च शिक्षा आर्जन गर्न सहजीकरण गर्ने तथा विदेशका शैक्षिक प्रतिष्ठानसँग समन्वय गराउने काममा सक्रिय रहेको एक्सपर्ट एजुकेशन नेपालले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सोमबार विस्तार भएको यो चौथो शाखा हो । एक्सपर्ट एजुकेशनले विश्वमा ७० भन्दा बढी शाखाबाट सेवा सञ्चालन गरिरहेको छ ।
नेपालमा २५ शाखा छन् भने काठमाडौं उपत्यकामा मात्रै चार शाखामार्फत काम गरिरहेको एक्सपर्ट एजुकेशन नेपालका नेपाल निर्देशक खेमराज संग्रौलाले जानकारी दिए ।
नयाँ शाखाको उद्घाटन गर्दै नेपाल क्रिकेट एशोसिएनका सचिव पारस खड्काले नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको सपनालाई एक्सपर्टले पूरा गर्ने गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
शाखाको उद्घाटन गर्ने क्रममा खड्काले एक्सपर्ट एजुकेशनले नेपालीको शैक्षिक विकाससँगै जीवनस्तर उकास्नेगरी काम गरिरहेको बताए । संस्थाको लक्ष्य पनि एक्सपर्टसँग जोडिने सबैलाई सहयोग गर्ने र सहज वातावरणमा काम गर्ने पाएको भन्दै उनले यसको शाखा विस्तारको हिस्सेदार बन्ने अवसर पाउँदा हर्सित भएको बताएका छन् ।
एक्सपर्ट एजुकेशन नेपालले नेपाली विद्यार्थीलाई बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनको सहजीकरण गर्ने गरेको निर्देशक संग्रौलाले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij