Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बागलुङ

एकसय सत्र घरमा धारा

एकसय सत्र घरमा धारा

एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ।

  • काठमाडौं ।  यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ।

    onlinepatrika
    Arghakhachi

    वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो। एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ। गाउँपालिकाको ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिम कुमारी छन्त्यालले बताए।

    AGNI GROUP

    छन्त्यालले भने, ‘बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ।’

    खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत पाँच लाख बराबरको काम गरेको थिए। साथै एक लाख स्थानीयले संकलन गरी कुल रु सो वडाका वडाअध्यक्ष चित्र बहादुर छन्त्यालले बताए।

    आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन्भने ६ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ। आयोजना सुरु भएको दुई वर्षभित्र गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट