Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बौद्ध शिक्षा

शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने

शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने

सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।

  • काठमाडौं । यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९औं बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ ।

    AGNI GROUP

    पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताए।

    बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट लिपिको छुट्टै किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। यस वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई एउटै किताब अध्यापन गराइने र आगामी वर्षदेखि क्रमशः कक्षाअनुसार फरक-फरक किताब अध्यापन गराउने योजना रहेको विद्यालयका शिक्षक दोर्ची शेर्पाले बताए।

    किताबमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद, ज्योतिषशास्त्र, काव्य, समग्र मुक्ति र मोक्ष आदि विषयहरु समेटिएका छन्। पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्भोट लिपिमा कक्षा सञ्चालन गर्न लागिएको नेपाल बौद्ध महासंघघ काठमाडौंका सल्लाहकार आचार्य नुर्बु शेर्पाले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट