Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

परराष्ट्रमन्त्री र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री र जाइकाका अध्यक्षबीच भेटवार्ता

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छिन् । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका धन्यवाद दिइन् ।

    images

    मन्त्री डा राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।

    images

    उनले पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुननिर्माण एवं मर्मत सम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापन सरकारले गरेको सहयोगको सराहना गरिन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij