Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सञ्चालनमा आयो कान्ति लोकपथ

सञ्चालनमा आयो कान्ति लोकपथ

  • ललितपुर । हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो ।

    images

    पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij