
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ ।
आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।
सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएको थियो ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु का खेलहरु सकिएपछि असार १ गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij