
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो बुधबार सुन तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij