Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् । 

    images
    images
    images

    भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् ।

    images

    बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिएका छन् ।

    महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij