Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

सेयर बजार सूचक

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार

आइतबार नेप्सेमा कुल ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अंकले बढेर २६५७.५२ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से ९.०८ अंकले घटेर २६५५ विन्दुमा रोकिएको थियो ।
    आइतबार नेप्सेमा कुल ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १२ अर्ब माथिको कारोबार भएको थियो ।

    images

    आइतबार कारोबारमा आएका मध्ये ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ ।

    आज ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्यांदी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको मूल्य नौ प्रतिशत माथिले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij