Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

कलंकलीमा स्कुलभित्रै भ्यान दुर्घटना

कलंकलीमा स्कुलभित्रै भ्यान दुर्घटना

  • काठमाडौं । कलंकी स्थित ईडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । उक्त घटनामा शिक्षक, विद्यार्थी र चालकसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    स्कुलकै ब्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

    images

    दुर्घटनामा घाइते सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षीया छात्रा सोनाक्षी यादवको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा साढे १ बजेतिर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगर, प्रअ ४६ वर्षीय को सुरज पोखरेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की घाइते भएका हुन् । उनीहरूको बयोधा र नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij