Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

राष्ट्रिय सभामा सरकार अल्पमतमा

राष्ट्रिय सभामा सरकार अल्पमतमा

  • काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

    images
    images
    images

    अहिलेको राष्ट्रिय सभामा माओवादीको संख्या १८, नेपाली कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपा नेपाल ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र छन् । राष्ट्रपतिबाट मनोनीत एक सहित एमालेबाट ११ जनाको उपस्थिति रहेको छ ।

    images

    जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकारको पक्षमा राष्ट्रिय सभामा २८ जना सदस्यको मात्र समर्थन हुन्छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    अब संसदीय दलको बैठक बसेर दलले निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सभामुखलाई चिठी पठाउने नेताहरुले बताएका छन । अब जसपा संसद्को प्रतिपक्ष बेन्चमा बस्ने र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताइएको छ ।

    संविधान संशोधन, सुशासन, भ्रष्ट्राचारको अन्त्य र आर्थिक संवृद्धि गरी ४ वटा एजेण्डा ल्याउन भनेपनि सरकारले पहल नगरेको पार्टीको ठहर छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij