Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

काठमाडौं

ऐतिहासिक जगन्नाथ रथ यात्रा

ऐतिहासिक जगन्नाथ रथ यात्रा

कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, दरबारमार्ग, पुतलीसडक, भद्रकाली, वसन्तपुर हुँदै टुँडिखेलमा गएर सम्पन्न भएको छ ।

  • काठमाडौं । चन्द्रमास पात्रोअनुसार हरेक सालजसो आषाढ शुक्ल द्वितीयाको दिन जगन्नाथ रथ यात्रा मनाइएको छ ।

    images
    images
    images

    शुक्रबार कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, दरबारमार्ग, पुतलीसडक, भद्रकाली, वसन्तपुर हुँदै टुँडिखेलमा गएर सम्पन्न भएको छ ।

    images

    स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्ण)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् ।

    बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव (बलराम) लाई पनि साथमा लिएर नगर यात्रामा निस्किए । त्यही यात्राको सम्झनामा जगन्नाथ रथ यात्रा मनाउँदै आएको पाइन्छ ।

    यो यात्राको आरम्भ भारतको उडिसा राज्यको पुरीबाट भएको हो । त्यहाँ भगवान् जगन्नाथको भव्य मन्दिरसमेत रहेको छ । जगन्नाथ पुरी नामले प्रसिद्ध उक्त धाम हिन्दु धर्मावलम्बीहरुको चार धाममध्ये एक हो।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij