Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

हर्क साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे

हर्क साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे

  • काठमाडौं । धरानका मेयर हर्क साम्पाङका समर्थकहरूले धरान १६ मा प्रहरी चौकी निर्माणको काम रोक्न लगाएको ताला स्थानीय र वडा अध्यक्षहरूले फोडेका छन् ।

    images
    images
    images

    कोशी प्रदेश सरकारको लगानीमा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएपछि उनका समर्थकहरूले बहुभाषिक पाठशालाको कम्पाउन्डमा ताला लगाएका थिए । प्रहरी चौकी सोही कम्पाउन्डभित्र निर्माण हुँदै आएको छ ।

    images

    ताला फोडेर चौकी निर्माणको काम सुचारू गरिएको हो । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले बहुभाषिक पाठशाला बनाउने निर्णय गर्नुअघि नै प्रहरी चौकी भवन बनाउने निर्णय कार्यपालिका बैठकबाट भएको बताए ।

    ताला फोड्न उनीसहित अन्य वडाध्यक्ष र स्थानीय पुगेका थिए ।

    धरानका मेयर हर्क साम्पाङले सो स्थानमा प्रहरी चौकी बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् । उनले प्रहरी चौकी भवनको डिपीआर र डिजाइन हेरेर मात्रै भवन निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij