Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

आँप महोत्सव

धनुषामा आँप महोत्सव हुँदै

धनुषामा आँप महोत्सव हुँदै

  • काठमाडौँ । धनुषामा दुईदिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०८२’ हुने भएको हो । 

    images
    images
    images

    स्थानीय आँप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका अध्यक्ष प्रदीप महतोले बताउनुभयो । उहाँले चित्रपुरलाई ‘आँप पर्यटन नाका’का रूपमा विकास गर्ने लक्ष्य लिइएको समेत उल्लेख गर्नुभयो । 

    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि किसानहरु बजारीकरण हुन नसकेको बताउँछन् । यहाँ दोस्रोपटक आँप महोत्सव गर्न लागिएको मेला समितिका सदस्य फुलगेन मगहीले बताउनुभयो । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचारलगायतको प्रदर्शनीमा राखिनेछ । 

    मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने कार्यक्रमसमेत समावेश गरिएको अध्यक्ष महतो बताउनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij