
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौं । भारत सरकारले पराग जैनलाई आफ्नो अन्तर्राष्ट्रिय जासुसी संस्था ‘र’ को प्रमुखमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालयलाई सोझै रिपोर्टिङ गर्ने जिम्मेवारीप्राप्त उनलाई दुई वर्षका लागि नियुक्त गरिएको भारतीय क्याबिनेटका सचिव मनिषा सक्सेनाले क्याबिनेट सचिवलगायत १९ वटा मन्त्रालय, विभाग तथा निर्देशनालयलाई हिजो पठाएको परिपत्रमा उल्लेख छ ।
भारतीय प्रहरी सेवामा सन् १९८९ मा प्रवेश गरेका उनी पञ्जाब प्रहरीका क्याडर हुन् । जैनले हाल अवकाशको चरणमा रहेका रवि सिन्हाको ठाउँ लिने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij