
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ । स्टेरिङमा च्यापिएका उनलाई ट्रकको झ्याल काटेर निकालिएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चितवन बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते भएका छन् । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमान्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो ।
उद्धारपश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य रहेका छन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij