Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ

सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ

  • काठमाडौं । सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।

    AGNI GROUP

    इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको थियो ।

    आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो । यसको प्रमुख कारण चाउचाउ बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट