Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो ।

  • काठमाडौं । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।

    images
    images
    images

    आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो । 

    images

    रातिदेखि अत्यधिक वर्षा भएकाले गगने खोलामा पहिरो खसेको अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो । “गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुङ्गा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ”, उनले भने।

    पहिरो बगिरहेकाले काम गर्न पनि कठिन भएको प्रहरी रावतले जानकारी दिए । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ,” उनले भने, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”

    सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij