Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । महिलाको अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टोखाबाट रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर–६ घर भइ टोखा नगरपालिका ग्राण्डी बस्ने थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसूरमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij