Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आफ्नो तयारी सम्पन्न गरेर उपनिर्वाचनको मिति तोकेको जानकारी दिए।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका थिए।
गत चैत १९ गते उनको काठमाडौँको ओम अस्पतालमा उपचारको क्रममा निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij