Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

सेयर बजार

सेयर बजार कति अंकले बढ्यो ?

सेयर बजार कति अंकले बढ्यो ?

  • काठमाडौं । सेयर बजार परिसूचक सोमबार (असार१६) ९.१९ अंकले बढेको छ । यो सँगै बजार २६३१.४८ विन्दु कायम छ ।

    images
    images
    images

    १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images

    बजार बढे पनि कारोबार रकम घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो । आइतबार (असार १५) सात अर्बमाथिको कारोबार भएको थियो ।

    राप्ती हाइड्रो, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनीमा परे ।

    पञ्चकन्या माई हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।

    images

    फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह सूचक घटेको छ । बाँकी समूह सूचक बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij