Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ । असार १४ गते पोखरामा आयोजित नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को युवा तथा खेलकुदमन्त्री एवं परिषद्का अध्यक्ष तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा परिषद्को कूल कायम निर्वाचित सदस्यहरु ५५ जनामध्ये ३८ जना तथा मनोनीत, पदेन आमन्त्रित गरि ५० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा अध्यक्ष चौधरी, उपाध्यक्ष देवराज घिमिरे, सदस्य अरुण बस्नेत तथा निर्देशक (कार्यालय प्रमुख) राम प्रसाद भट्टराईले प्रस्तावको रुपमा पेश गेरेको, पुर्व प्रेसित एजेण्डाहरु, आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०८२/०८३ को प्रस्तावित बार्षिक बजेट तथा कार्यक्रम, नेपाल स्काउट नियमावली संसोधन प्रस्ताव, नेपाल स्काउट कर्मचारी नियमावली संसोधन प्रस्ताव, नेपाल स्काउट आर्थिक प्रशासन नियमावली मस्यौदा, नेपाल स्काउटको जग्गा तथा भवन सम्बन्धी प्रस्ताव तथा लेखा परिक्षक नियुक्ती सम्बन्धि प्रस्तावमाथि सदस्यहरुको सुझाव तथा थप संशोधन पछि सम्पूर्ण प्रस्तावहरु सर्वसम्म्त रुपमा पारित भएको थियो ।
लामो समयदेखि बिभिन्न विवाद र आन्तरीक झमेलामा परेको नेपाल स्काउटले यस बैठकमा सदस्यहरुमा देखिएको एकताले आफ्नो कार्यक्रम र संगठनमा सुधार हुने विश्वास रहेको नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij