
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
वडा कार्यालय नजिक वडा स्तरीय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको मृत्यु भएको वडा अध्यक्ष संजु थापाले बताए ।
पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शंकर साउँदले बताए । साउँद मिस्त्री थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij