Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लागूऔषध

कैलालीमा २ किलो ७१४ ग्राम अफिमसहित ३ जना पक्राउ

कैलालीमा २ किलो ७१४ ग्राम अफिमसहित ३ जना पक्राउ

  • काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडबाट २ किलो ७१४ ग्राम लागुऔषध (अफिम) सहित तीन जना पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले श्री पञ्चकोकी होटल एण्ड रेष्टुरेण्टमा विशेष अपरेसन सञ्चालन गर्दै लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

    AGNI GROUP

    पक्राउ पर्नेहरूमा हुम्लाको सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, सोही ठाउँकी २७ वर्षीया सालु शाही, र रोल्पाको सुनछहरी गाउँपालिका–७ की ३२ वर्षीया पूर्णिमा पुनमगर रहेका छन्।

    पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलाली कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए ।

    घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट