Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

आईपीओ

विकास हाईड्रोपावरको आईपीओ खुल्ला

विकास हाईड्रोपावरको आईपीओ खुल्ला

  • काठमाण्डौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ ।

    images
    images
    images

    कम्पनीले गत वैशाख १५ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोहि अनुरुप कम्पनीले आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर जारी गरेको हो ।

    images

    कम्पनीले यस अघि नै वैदेशीक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्रका बासीन्दाहरुलाई शेयर निष्कासन गरिसकेको छ । जस अनुरुप नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो । 

    त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न.४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर जारी गरिएको थियो ।

    आम सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै  लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । छिटोमा असार २२ गते  र ढिलोमा असार ३२ गते आईपीओ निष्कासन बन्द हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij