
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेको छ । १.२९ प्रतिशतले बढेको बजार २६९४.८२ बिन्दुमा पुगेको छ ।
आज ८९ हजार पटकभन्दा बढी भएको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार कारोबार भएकामध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ वटाको घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij