Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ।
आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा पत्रकार सम्मेलन गरी मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला गरिएको औपचारिक घोषणा गरेको हो।
प्रतियोगिताको अडिसन र ग्रान्ड फिनालेको मितिसमेत सार्वजनिक गरिएको छ। संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार, प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ भने ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ।
यस वर्ष मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा लोकप्रिय हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री दीपिका प्रसाईं पनि जोडिएका छन्। पत्रकार सम्मेलनमा केदार प्रमुख अतिथि र दीपिका गुडविल एम्बेस्डरका रूपमा सहभागी भए।
केदारले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी मिसेस नेपाल २०२३ सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै अरूलाई पनि सहयोग गर्न आह्वान गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij