Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

  • काठमाडौं । नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।

    onlinepatrika
    Arghakhachi

    मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् ।

    AGNI GROUP

    संस्थाले यी सल्लाहकारहरू बाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए ।

    नेपाल प्रेस युनियनले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पत्रकारिताको उत्थानका लागि निरन्तर काम गर्दै आएको छ। मनोनित सल्लाहकारहरूको अनुभवले संस्थाको यो अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट