Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

सडक अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

  • काठमाडौं । बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।

    images
    images
    images

    शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।

    images

    अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ ।

    अरनिको राजमार्ग अवरुद्ध भएको खण्डमा काभ्रे र काठमाडौंलाई जोड्ने एक मात्र मार्ग बनेपा–नाला–ताथली भक्तपुर सडकखण्ड भएको कारणले पनि यस सडकखण्ड चाँडो निर्माण हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

    सडक डिभिजन कार्यालय भक्तपुरले फेरी पनि अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

    images

    डिभिजन प्रमुख सुमन योगेशका अनुसार ह्युमपाइपसँगै जालि पनि राखेर अस्थायी निर्माण भएको पुल गएरातीको वर्षाले पुन अवरुद्ध भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij