Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरण निम्न छस्
नेपाल प्रहरी
प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा।पा। वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।
जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।
प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिकः
यु युइ
ली हुआकिङ
याङ चुआन
यु हाइ हाङ
यु जियाओ किउ
जोउ योङ
सबै ६ जना चिनियाँ नागरिकहरू पुरुष हुन् । उनीहरू कसैको पनि उमेरको यकिन विवरण छैन ।
नेपाली नागरिकः
१.जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
७. जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८.वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९.वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij