Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अवैध हतियारसहित युवक पक्राउ

अवैध हतियारसहित युवक पक्राउ

  • काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार, सल्यान घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९ वर्षीय अजय बिकले अवैध हतियार तथा गोली लुकाएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी नायब निरीक्षक सुरज सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अजय बिक सुत्ने खाटमुनि राखिएको कालो रंगको जोर्डन लेखिएको पछाडि भिर्ने झोलाभित्र लुकाइ राखिएको अवस्थामा ० दशमलव ३२ बोर क्षमताको एउटा पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने चारवटा गोली र सात राउन्ड क्षमताको एउटा म्यागजिन फेला पारेको हो ।

    प्रहरीले ती हतियारसहित अजय बिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट