Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ पिनथलीस्थित खहरे खोलामा गेग्रान सहितको बाढी आएपछि अवरूद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ।
बुधबार बिहानपख लेदोसहितको बाढी आएपछि काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको थियो। लेदो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आउन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
गत असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग क्षतिग्रस्ता बनाएको थियो। उक्त सडक खण्डको १३ किलोमिटर भाग कटान नै गरेपछि बनाउन ठेक्का आह्वान भएको छ।
अहिले उक्त राजमार्ग अस्थायी तरिकाले सञ्चालन गरिँदै आएकोमा सडक खण्डका खोला, खोल्सीमा भेलबाढी आउनेबित्तिकै गाडीहरूको आउजाउ रोकिने गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij