Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएका मध्ये बाट प्रा.डा.दीपक अर्याल नियुक्त गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओली समक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।
समितिले वर्णानुक्रम अनुसार हालका निमित्त उपकुलपति प्रा.डा.खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा.डा.विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा.दीपक अर्याललाई सिफारिस गरेको थियो।
उपकुलपति प्रा.डा.केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij