Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । उदयपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन्।
उदयपुरको वेलका नगरपालिका–८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मंगलबार साँझ को ३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको बुढीगंगा–२ का ३२ वर्षीय अनिल राजवंशी र पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिङ्लाकी १८ वर्षीया तुलशा कार्की घाइते भएका थिए।
अस्थायी प्रहरी पोष्ट कोठु बाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएको थियो। उपचारकै क्रममा राजवंशीको मृत्यु भएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij